INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE

TRIBHUVAN UNIVERSITY

Kirtipur, Kathmandu, Nepal

सम्झौता पत्र (MoU) मा हस्ताक्षर

सम्झौता पत्र (MoU) मा हस्ताक्षर

2026-03-13

०८२ फागुन २९,  पर्यावरणीय कृषि, कृषि वन, प्राकृतिक स्रोत व्यवस्थापन र समुदायमा आधारित अनुसन्धानमा केन्द्रित रही शैक्षिक तथा अनुसन्धानको लागि सहयोगी रूपरेखा स्थापित गर्न मिति २०८२ फागुन २८ गते कृषि र पशुविज्ञान अध्ययन संस्थान र ForestAction Nepal विच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कृषि र पशुविज्ञान अध्ययनका तर्फवाट डीन डा. किशोरचन्द्र दाहाल र ForestAction Nepal का Project Leader Ms. Sarada Thapa  ले हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौता मार्फत, फरेस्टएक्शनले चार स्नातक तहका विद्यार्थीहरू र दुई स्नातकोत्तर तहका विद्यार्थीहरूलाई वार्षिक अनुसन्धान अनुदान प्रदान गर्नेछ । साथै यस सहकार्यले पर्यावरणीय कृषि विभागबाट छनोट भएका विद्यार्थीहरूलाई इन्टर्नशिपका अवसरहरू प्रदान गर्नेछ । व्यावहारिक सिकाइलाई अझ बढाउन, फरेस्टएक्शनले संयुक्त क्षमता निर्माण कार्यक्रमहरूसँगै वार्षिक क्षेत्र-आधारित "walking training" आयोजना गर्नेछ । IAAS ले यी अवसरहरूको लागि पारदर्शी छनोट प्रक्रिया सुनिश्चित गर्नेछ, शैक्षिक पर्यवेक्षण प्रदान गर्नेछ र सबै सहभागी विद्यार्थीहरूको लागि सुरक्षित, समावेशी सिकाइ वातावरणलाई बढावा दिनेछ ।