Kirtipur, Kathmandu, Nepal
त्रि.वि.संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ४० को नियम १३५ बमाेजिमअध्ययन संस्थानको प्राज्ञिक निकायको रुपमा कार्य गर्न गठित त्रि.वि.कृषि र पशुविज्ञान अध्ययन संस्थान, विद्यापरिषद्को पूर्ण वैठक त्रि.वि.का नि.शिक्षाध्यक्ष प्रा.डा.शंकरप्रसाद खनालज्यूको प्रमुख आतिथ्यमा अध्ययन संस्थानका डीन प्रा.डा.किशोरचन्द्र दाहालज्यूको अध्यक्षतामा स्नातकोत्तर भवनको सेमिनारकक्षमा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि प्रा.डा.शंकरप्रसाद खनालले यस अध्ययन संस्थानले हालसम्म शैक्षिक उन्नयनका लागि गरेका प्रगतिहरु साथै यसै वर्षबाट LMDP को सहयोगमा नयाँ डिग्रीहरु संचालनमा आएको कुरा प्रसंशनिय रहेको वताउनु भयो ।

बैठकमा कृ.प.वि.अ.सं.विषय समितिका अध्यक्षहरु, अध्ययन संस्थानमा कार्यरत शिक्षकहरु, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक, त्रि.वि.परीक्षा नियन्त्रक, त्रि.वि.योजना निर्देशनालयका निर्देशक, जनशक्ति खपत गर्ने निकाय अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक, कृषि विभागका महानिर्देशक एवं कृ.प.वि.अ.संं.आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस÷कलेजका क्याम्पस प्रमुख लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । वैठकका कार्यसूचीहरुको प्रस्तुती विद्यापरिषद्का सचिव एवं सहायक डीन (शिक्षण) डा.पुष्पराज पौडेलले प्रस्तुत गर्नुभयो । उक्त बैठकमा कृ.प.वि.अ.सं.विद्यापरिषद् स्थायी समितिले गरेका निर्णयहरुको अनुमोदनका साथै हाल यस अध्ययन संस्थानमा सञ्चालनमा रहेको B.Sc.Ag का अलावा कृषि बजारको माग अनुसार कृषि व्यवसाय सञ्चालन गर्न र कृषि उद्योगलाई बढवा दिनको लागि जनशक्ति खपत गर्ने निकायसमेतको माग बमोजिम कृषि जनशक्ति उत्पादनका लागि B.Sc.Ag (Entrepreneurship) पाठ्यक्रम तयार गरी कार्यान्वयन गर्ने विषयमा छलफलका साथै विभिन्न निकायका प्रतिनिधिरुले उल्लिखित कार्यक्रम देशकै आवश्यकता अनुसार देखिएको हुँदा छिटोभन्दा छिटो अगाडी बढाउन हौसला प्रदान गर्नुभयो ।
