INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE

TRIBHUVAN UNIVERSITY

Kirtipur, Kathmandu, Nepal

कार्यशाला गोष्ठी सम्पन्न

कार्यशाला गोष्ठी सम्पन्न

2025-06-06

त्रि.वि.कृ.प.वि.अ.सं र  ICIMOD  द्वारा संयुक्त रुपमा "Strengthening Climate Resilient Agriculture thorugh Curriculum Rivision" विषयक २ (दुई) दिने (मिति २०८२।०२।२० र २१ गते) अन्तर्राष्ट्रीय स्तरको कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । उक्त २ दिने कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथि त्रि.वि.उपकुलपति प्रा.डा. खड्गप्रसाद के.सी.ज्यू र विषेश अतिथिमा कृ.प.वि.अ.सं.का पूर्व डीन प्रा.डा.दुर्गादत्त ढकालज्यू एवं समापन समारोहमा प्रमुख अतिथि त्रि.वि.शिक्षाध्यक्ष प्रा.डा.दुविनन्द ढकालज्यू रहनुभएको थियो । दुवै समारोहको अध्यक्षता कृ.प.वि.अ.सं.का डीन डा. किशोरचन्द्र दाहालज्यूले गर्नुभएको थियो । साथै वहाँले कार्यशालाको उद्देश्य एवं पाठ्यक्रम परिमार्जनको औचित्य र प्रक्रियाका सम्बन्धमा प्रस्तुतीकरण समेत दिनुभएको थियो । कार्यक्रममा त्रि.वि.कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गतका ९ वटा विषय समितिहरुले विषयसमिति अन्तर्गतका कार्यशाला सम्पन्न गरी तयार पारिएको परिमार्जित पाठ्यक्रमको विषयगत प्राविधिक सत्रहरु संचालन गरिएको थियो । कार्यक्रमको सहजीकरण पाठ्यक्रम संयोजन समितिका अध्यक्ष प्रा.डा लालप्रसाद अम्गाईज्यू र सहायक डीन डा. पुष्पराज पौडेलज्यूले गर्नुभएको थियो ।

कार्यक्रममा  नेपालभित्रका पाँच वटा विश्वविद्यालयका प्राज्ञिक प्रतिनिधि, पूर्व डीनहरु, सहायक डीनहरु, सरकारी निकायका प्रतिनिधि, कृषि व्यवसायिक प्रतिनिधि, अनुसन्धान परिषद्का प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो भने कार्यक्रममा सहभागीको संख्या ४० भन्दा बढी रहेको थियो ।