INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE

TRIBHUVAN UNIVERSITY

Kirtipur, Kathmandu, Nepal

पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

2025-12-01

पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ मंसिर १४,

Agricultural HEI in the Changing Context: Role of education and research in advancing agriculture sector in Nepal विषयक अन्तरक्रिया एवं Agriculture Sector Transformation in Nepal: A Roadmap पुस्तकको विमोचन कार्यक्रम मिति २०८२।०८।१४ गते कृषि र पशुविज्ञान अध्ययन संस्थान, स्नातकोत्तर भवनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अध्ययन संस्थानका डीन डा. किशोरचन्द्र दाहालज्यूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि त्रि.वि.का उपकुलपति प्रा.डा.दिपक अर्यालज्यू तथा अतिथिहरुमा प्रा.डा.जगदिश तिमल्सिना र डा.विष्णुराज उप्रेती रहनु भएको थियो । साथै उक्त कार्यक्रममा कृषि शिक्षा र अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने डा. यमकान्त गैहे, सह–सचिव डा. हरि वहादुर के.सी., डा. नन्द प्रसाद श्रेष्ठ, डा. हरि प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन र पुस्तकको विमोचन प्रमुख अतिथिज्यूवाट भएको थियो । प्रमुख अतिथि त्रि.वि.उपकुलपतिज्यूले मन्तव्य दिने क्रममा कृषि र पशुविज्ञान अध्ययन संस्थानवाट गरिने यस प्रकारका कार्यक्रमले अध्ययन संस्थानलाई थप नयाँ उचाइमा पु¥याउने वताउनुुभयो ।

नेपालको कृषि क्षेत्रको उन्नतीमा शिक्षा र अनुसन्धानको भूमिका सम्बन्धमा गरिएको अन्तरक्रियाको मेडरेटर डा. विष्णुराज उप्रेतीले गर्नुभएको थियो भने प्यानललिष्टमा डा.किशोरचन्द्र दाहाल, डा. श्रीराम प्रसाद न्यौपाने, डा. यमुना घले, डा. हिमाल लुर्इंटेल, डा. रोषन बाबु ओझा र डा. हरि वहादुर के.सी. रहनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पूर्ण क्षेत्रका विज्ञहरु समेटेर गरिएकोले कृषि क्षेत्रको वास्तविक अवस्था वुझ्न सहयोग पुगेको साथै विज्ञहरुले भावी योजनाको वारेमा पृष्ठपोषण गरेकोले निरन्तर यस प्रकारका कार्यक्रम गर्नुपर्ने सुझाव समेत प्राप्त भयो । कार्यक्रमलाई समापन गर्दै अध्ययन संस्थानका डीन डा. किशोरचन्द्र दाहालले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।